सांसद पदबाट राजीनामा दिँदै काँग्रेस सांसद सिंह, पार्टीका इमान्दार कार्यकर्ताहरू मर्कामा परेको आरोप-Sutra News

सांसद पदबाट राजीनामा दिँदै काँग्रेस सांसद सिंह, पार्टीका इमान्दार कार्यकर्ताहरू मर्कामा परेको आरोप

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । 



नेपाली काँग्रेसमा अहिले भइरहेको क्रियाशील सदस्यको विवादका साथै इमान्दार कार्यकर्ताहरू मर्कामा परेकोले आफू सांसद पदमा बसिरहन उचित नभएको भन्दै आफूले राजीनामा गर्न लागेको बताएका छन् ।

उनले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग समय मागिसकेको बताएका छन् ।

सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा बिजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट