रकेट आक्रमणको अमेरिकाले गर्याे निन्दा-Sutra News

रकेट आक्रमणको अमेरिकाले गर्याे निन्दा

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

वासिङटन- अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भईरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो आक्रमण भएको थियो ।



अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै काबुलमा रहेको राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको निन्दा गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसाको अन्त्य र शान्ति पुनस्र्थापनाको गर्न आह्वान गरिरहेको र हामी राजनीतिक बस्तीमा जानको लागि दु्रत मार्ग र हिंसा अन्त्यको लागि आह्वान गर्दछौं प्राइसले पत्रकार सम्मेलनमा भनेका छन् ।

मंगलबार बिहान ईदको प्रार्थनाको क्रममा राष्ट्रपति भवननजिकैका क्षेत्रमा तीन रकेटहरु आक्रमण भएको जनाइएको छ । प्रवक्ताले अफगानिस्तानका जनता न्याय र स्थायी शान्तिको चाहनामा एकजुट रहेका र अमेरिका यसलाई कार्यान्वयन गर्नका लागि तयार रहेको बताए ।

ईदको नमाजपछि समारोहमा बोल्दै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबानको निन्दा गर्दै उनीहरूसँग शान्तिको चाहना नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट