काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
मंगलबार राजदूत क्वात्रा र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो । राजदूत प्रचण्ड निवास पुगेका थिए ।
भेटमा राजदूत क्वात्राले जो सरकारमा आए पनि राम्रो सम्बन्ध कायम गरेर अघि बढ्ने बताएको खुमलटार स्रोतले जनाएको छ ।
स्रोतकाअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नेपाली समकक्षीलाई फोन गरेर पनि सो कुरा भनिसकेको भन्दै उनले केही ग्याप भए हटाउनुपर्नेमा जोड दिएका थिए ।