नेपाल-रावलबीचको भेटवार्ता सकियो, राजीनामा र पार्टीभित्रको समस्याबारे छलफल-Sutra News

नेपाल-रावलबीचको भेटवार्ता सकियो, राजीनामा र पार्टीभित्रको समस्याबारे छलफल

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष डा.भीम रावल बीचको छलफल सकिएको छ ।



रावल निवास टोखामा भएको दुई नेताबीचको छलफल केहीबेर अघि सकिएको हो ।

बैठकमा नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भ रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको स्रोतले बताएको छ ।

रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट