काठमाडौं- नेपाली कांग्रेसबाट निर्वाचित सांसद् अमरेशकुमार सिंहले राजीनामा दिएका छन् । पार्टीभित्रको विवादलाई लिएर सिंहले बुधबार सांसद पदबाट राजीनामा दिएका हुन् । उनले सभामुखलाई बुझाउनुपर्ने राजीनामा पत्र पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
पार्टीको क्रियाशील सदस्यता र प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति सांसद सिंहले असन्तुष्टि जनाएका हुन् । सिंह सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा क्रियाशील सदस्यताको विवादलाई लिएर असन्तुष्टि बढेको छ । महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेलाई तोकिएको छ ।
हालसम्म पनि सदस्यता विवाद नटुंगिदा महाधिवेशन कार्यतालिका प्रभावित हुन सक्ने कांग्रेस नेताहरू नै बताउँछन् ।