चितवन- चितवनमा नहरमा डुबेर दुई जना बालकको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका वडा नं.२ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन् ।
क्रिकेट खेलेपछि उनीहरु बुधबार करिब ४ बजेतिर क्षेत्रपुरमा रहेको नहरमा हातखुट्टा धुने नहर गएका थिए । सोही क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेको र उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबी बेपत्ता भएका थिए ।
प्रहरीले खोजी गरेपछि दुबै जनालाई डुबेको स्थानदेखि करिब २ सय मिटर पर नहरबाट उद्दार गरी उपचारको लागी पठाईएकोमा अस्पत्तालले दुबै जनाको मृत्यु भएको जानकारी गराएको चितवन प्रहरीले जानकारी दिएको छ । सांकेतिक तस्बिर ।