के हामीले दूध ठिक तरिकाले पिउँछौं ?-Sutra News

के हामीले दूध ठिक तरिकाले पिउँछौं ?

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

दूधलाई पौष्टिक आहारका रुपमा लिइन्छ । दूध पौष्टिक तत्वको भण्डार हो । तर दूधलाई राम्रोसँग उमालेर खाएनौं भने यसले अन्य रोगलाई निम्त्याउँछ । धेरैले दूधलाई उमालेर नै खाने गर्छन् । दूध प्याकेट वा खुल्लामा किन्न पाइन्छ । तर आजभोलि अत्यधिक रुपमा दूध प्याकेटमा पाइन्छ । बन्द प्याकेटमा सजिलै बजारमा उपलब्ध हुने दूध धेरैको रोजाइमा पर्छ । यस्तो अवस्थामा धेरैको मनमा दूधलाई कति समयसम्म उमाल्ने भन्ने जिज्ञासा आउनु स्वभाविक नै हो । किनकी प्याकेटको दूध पहिलेबाट पाश्चराइज गरिएको हुन्छ ।



काँचो दूधले स्वास्थ्यमा समस्या निम्त्याउँछ

काँचो दूध वा यसबाट बनेका खानेकुरा खाँदा जो कोही व्यक्तिलाई पनि ब्याक्टेरियाले संक्रमण हुन सक्छ । काँचो दूधमा भएका ब्याक्टेरियाले रोग प्रतिरोध क्षमता कम भएका, एचआईभी तथा एड्स संक्रमित, क्यान्सर, मधुमेह भएका व्यक्तिलाई गम्भिर रुपमा असर गर्नसक्छ । यसबाहेक बालबालिका, गर्भवती, वृद्धवृद्धालाई पनि हानी गर्ने सम्भावना हुन्छ ।

दूध पोषक तत्वको भण्डार हो । यसमा प्रोटिन, भिटामिन र खनिज पदार्थ पाइन्छ । तर दूधलाई सहि तरिकाले उमालेर नखाँदा शरीरमा अन्य विभिन्न रोगको संक्रमण हुने जोखिम बढ्छ ।

कसरी उमाल्ने दूध ?

अत्यधिक तापक्रममा धेरै समयसम्म उमाल्नु हुँदैन,

दूधलाई उमाल्ने वित्तिकै खुल्ला छोड्नुहुन्न,

दूधलाई बारम्बार तताउने गर्नुहुन्न,

यसलाई उमाल्दा बेला–बेला चलाइरहनुपर्छ,

दूधलाई पुनः तातो बनाउन माइक्रोवेभ ओभनको प्रयोग गर्नुपर्छ ।

प्याकेटको दूधलाई उमाल्न आवश्यक

प्याकेटको दूध पहिलेबाट पाश्चराइज हुन्छ । पाश्चराइजमा दूधलाई अत्यधिक तापक्रममा उमालेर छिट्टै नै चिसो बनाएर प्याक गरिन्छ । यस प्रक्रियाले दूधलाई लामो समयसम्म ताजा बनाइराख्छ । यससँगै यसविधिले दूधमा भएको हानिकारक किटाणुलाई पनि नष्ट गर्छ । त्यसैले पाश्चराइज गरेको दूधलाई उमाल्न आवश्यक छैन । तर उमालेर पिउँदा बेफाइदा पनि हुँदैन ।
यदि दूध डेरीबाट लिने गरको छ भने बिना उमालेर पिउने गर्नु हुँदैन । दूधलाई पिउन वा केही परिकार बनाउन अघि राम्ररी उमाल्न आवश्यक हुन्छ ।  अनुवाद 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट