जसपा आधिकारिता विवादको टुंगो लगाउँदै आयोग-Sutra News

जसपा आधिकारिता विवादको टुंगो लगाउँदै आयोग

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता प्राप्त गर्ने महन्थ ठाकुर र उपेन्द्र यादव पक्षको दाबीबारे निष्कर्ष दिन निर्वाचन आयोगको इजलास आज बस्दै छ ।



तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोण नमिलेपछि जसपामा दुई पक्षमा विभाजन भएको हो । यसपछि दुवैले पार्टीको आधिकारिक पक्ष आफू भएको दाबी आयोगमा पेस गरेका हुन् ।

विवाद निरुपणका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्सीय इजलास गठन गरेको हो ।

आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बहुमत हेरेर निर्णय गरिनेछ ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणका आधारमा कुनै पक्षलाई आधिकारिता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत हुनेलाई मान्यता दिइने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट