फेरि भूकम्पको धक्का महसुस-Sutra News

फेरि भूकम्पको धक्का महसुस

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

नयाँ दिल्ली- भारतको राजस्थानस्थित बीकानेरमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । उक्त भूकम्प ४.८ मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान ७:४२ मिनेटमा गएको थियो । यसको केन्द्रबिन्दु बीकानेरबाट ४१३ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहभन्दा १५ किलोमिटर गहिराइएमा रहेको थियो ।

भूकम्पबाट हालसम्म कुनै क्षतिको खबर प्राप्त भएको छैन । बुधबार पनि बीकानेरमा भूकम्पको झट्का महसुस गरिएको थियो । यसको तीव्रता ५.३ रिक्टर स्केल मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट