नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई उरन्ठ्याउलो बुद्धि भएको तर्क गरेका छन् ।
पौडेलले सामाजिक सञ्जालमा लेख्दै डा. बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ नपुर्याउने उल्लेख गरेका छन् ।
पौडेलले लेखेका छन्, ‘हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौं, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्याउने डा. बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्याउँदैन।’ उनले लेखेका छन् ।
नेता भट्टराईले ट्विटरमा पित्तलको एक गाग्रीबाट नदीमा दूध पोखिरहेको तस्बिर सार्वजनिक गरेका थिए । जसको क्याप्सन थियो ,‘फेथ इज डेन्जरस थिंग। इट मेक्स यु थ्रो अवे मिल्क एण्ड ड्रिन्क युरिन।’ यसको नेपाली अर्थ हुन्छ, ‘ विश्वास एक खतरनाक कुरा हो, जसले तपाईंलाई दुध फ्यालेर पिसाब पिउन लगाउँछ।’
नेता भट्टराईले यस्तो क्याप्सन लेखेको तस्बिर सार्वजनिक गरेपछि राप्रपा अध्यक्ष कमल थापाले पनि विरोध गरेका थिए ।
हजारौं बर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्था माथि गम्भीर आघात पुर्याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्याउदैन।
— Ram Chandra Paudel (@NcPaudel) July 21, 2021