sutra news logo

आइतवार, श्रावण १० गते २०७८

ट्विटरमा यसरी चल्यो बाबुराम र रामचन्द्रको दोहोरी !

ट्विटरमा यसरी चल्यो बाबुराम र रामचन्द्रको दोहोरी !

images

सूत्र न्यूज

७ श्रावण २०७८
  • 156
    SHARES
  • ट्विटरमा यसरी चल्यो बाबुराम र रामचन्द्रको दोहोरी !

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई उरन्ठ्याउलो बुद्धि भएको तर्क गरेका  छन् ।  

    पौडेलले सामाजिक सञ्जालमा लेख्दै डा. बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ नपुर्‍याउने उल्लेख गरेका छन् ।

    पौडेलले लेखेका छन्, ‘हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौं, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्‍याउने डा. बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्‍याउँदैन।’ उनले लेखेका छन् ।

    नेता भट्टराईले ट्विटरमा पित्तलको एक गाग्रीबाट नदीमा दूध पोखिरहेको तस्बिर सार्वजनिक गरेका थिए । जसको क्याप्सन थियो ,‘फेथ इज डेन्जरस थिंग। इट मेक्स यु थ्रो अवे मिल्क एण्ड ड्रिन्क युरिन।’ यसको नेपाली अर्थ हुन्छ, ' विश्वास एक खतरनाक कुरा हो, जसले तपाईंलाई दुध फ्यालेर पिसाब पिउन लगाउँछ।'

    नेता भट्टराईले यस्तो क्याप्सन लेखेको तस्बिर सार्वजनिक गरेपछि राप्रपा अध्यक्ष कमल थापाले पनि विरोध गरेका थिए ।

     


    प्रकाशित :श्रावण ७, २०७८ बिहिवार - १०:३१:१९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.