बाँकेमा पौडी खेल्न गएका ३ युवकको मृत्यु-Sutra News

बाँकेमा पौडी खेल्न गएका ३ युवकको मृत्यु

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

बाँके ।  बाँकेको डुडुवा खोलामा डुबेका तीन जना युवा मृत भेटिएका छन् ।



उनीहरुको पौडी खेल्न जाने क्रममा डुबेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा नेपालगञ्ज उप–महानगरपालिका ११ का १८ वर्षिय राशिद जसगढ, सोही ठाउँका १८ वर्षिए अरमान जसगढ र १६ वर्षिय आरिफ जसगढ रहेको बताइएको छ ।

उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुको शव फेला पारेको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

उनीहरुको शव परीक्षण गर्न भेरी अस्पताल पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट