आज यी क्षेत्रमा बाढी जाने संभावना, सतर्क रहन सरकारको आग्रह-Sutra News

आज यी क्षेत्रमा बाढी जाने संभावना, सतर्क रहन सरकारको आग्रह

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

जल तथा मौसम विज्ञान विभागले आज नेपालका केही ठाउँहरुमा बाढी जान सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।



आज ११ बजे डोटीस्थित चिउरीमा पछिल्लो २४ घण्टामा भारी वर्षामापन भएको तथा खनयाताल स्थित ठुलीगाड नदीमा जलसतह सतर्कता तह आसपास रहेकोले बाढी जान सक्ने विभागले जनाएको छ ।

ठुलीगाडको तटीय क्षेत्रहरूमा बेलुका सम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट