जनता समाजवादी पार्टी (जसपा)को समस्या समाधान गर्नका लागि निर्वाचन आयोगले गठन गरेको इजलासमा सुनुवाइ सुरु भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायतका आयुक्तहरु रहेको इजलासमा सुनुवाइ सुरु भएको हो।
मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता हरिहर दाहाल, मिथिलेश सिंह, मुक्ति प्रधान आयोग पुगिसकेका छन् ।
त्कालीन केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोण नमिलेपछि जसपामा दुई पक्षमा विभाजन भएको हो । यसपछि दुवैले पार्टीको आधिकारिक पक्ष आफू भएको दाबी आयोगमा पेस गरेका हुन् ।
विवाद निरुपणका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्सीय इजलास गठन गरेको हो ।
आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बहुमत हेरेर निर्णय गरिनेछ ।
राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणका आधारमा कुनै पक्षलाई आधिकारिता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत हुनेलाई मान्यता दिइने प्रावधान छ ।