sutra news logo

आइतवार, श्रावण १० गते २०७८

जसपा विवाद समाधान गर्न इजलासमा सुनुवाइ सुरु

जसपा विवाद समाधान गर्न इजलासमा सुनुवाइ सुरु

images

सूत्र न्यूज

७ श्रावण २०७८
  • 76
    SHARES
  • जसपा विवाद समाधान गर्न इजलासमा सुनुवाइ सुरु

    जनता समाजवादी पार्टी (जसपा)को समस्या समाधान गर्नका लागि निर्वाचन आयोगले गठन गरेको इजलासमा सुनुवाइ सुरु भएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायतका आयुक्तहरु रहेको इजलासमा सुनुवाइ सुरु भएको हो।

    मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता हरिहर दाहाल, मिथिलेश सिंह, मुक्ति प्रधान आयोग पुगिसकेका छन् ।

    त्कालीन केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोण नमिलेपछि जसपामा दुई पक्षमा विभाजन भएको हो । यसपछि दुवैले पार्टीको आधिकारिक पक्ष आफू भएको दाबी आयोगमा पेस गरेका हुन् ।

    विवाद निरुपणका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्सीय इजलास गठन गरेको हो ।

    आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बहुमत हेरेर निर्णय गरिनेछ ।

    राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणका आधारमा कुनै पक्षलाई आधिकारिता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत हुनेलाई मान्यता दिइने प्रावधान छ ।

     

     

     

     

     


    प्रकाशित :श्रावण ७, २०७८ बिहिवार - ११:२९:१७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.