झलनाथ खनालको लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा-Sutra News

झलनाथ खनालको लागि कानुन विपरीत ३० लाख रुपैयाँ निकासा

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैयाँ निकासा भएको छ । दिल्लीस्थित नेपाल दुतावासले मन्त्रालयमार्फत उनको उपचारका लागि ३० लाखको हिसाब पठाएको थियो । उक्त रकम निकासा भइसकेको छ ।



नेता खनालको उपचार खर्च निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले नै व्यहोर्ने निर्णय गरेको थियो । खनालको उपचार सरकारले व्यहोर्नु कानुन विपरितको काम हो ।

नेताहरुको विदेशमा उपचार गर्दा लागेको खर्च सरकारले व्यहोर्ने नियम कानुनमा छैन । ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन ।’ २ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा भनिएको छ ।

यता वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने आश्वासन दिएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीतालाई भेट्न जाँदा उनले झलनाथ खनाललाई फोन गरेर उपचार खर्च व्यहोर्ने जानकारी गराएका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट