माधव नेपाललाई ‘गद्दार’ बाट ‘दोस्रो अध्यक्ष’ बनाउँदै ओली-Sutra News

माधव नेपाललाई ‘गद्दार’ बाट ‘दोस्रो अध्यक्ष’ बनाउँदै ओली

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् ।



एमालेको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका हुन् ।

ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भनेतापनि नेपालले यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

माधव पक्षका नेताहरुले ओलीको आश्वासनमा माधव नेपाल भुल्न नहुने बताउँछन् ।

पछिल्लो समय आन्तरिक विवादका कारण अध्यक्ष ओलीले बोलाएको कुनै पनि बैठकमा माधव नेपाल पक्ष सहभागी भएको छैन ।

सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गरेपछि देउवा प्रधानमन्त्री नियुक्त भए । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बालुवाटार छाड्नुपर्यो ।

उनले बालुवाटार छाडेर बालकोट गएकै दिन माधव नेपाललाई ‘गद्दार’ भएको आरोप लगाएका थिए ।  

ओलीले देउवालाई विश्वासको मत दिने एमालेका नेपालसहित २२ जना सांसदहरुलाई अनुशासनहीन, अराजक, अनैतिक तरीकाले विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य गरेको भन्दै स्पष्टीकरण पत्र पठाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट