काठमाडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलेल अन्तर पार्टी संघर्षमा गुप्तरुपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तरघात भएको बताएका छन् ।
सामाजीक संजाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।
‘अन्तर पार्टी संघर्षमा गुप्तरुपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तरघात हो भने खुलेआम त्यसो गर्नु र गराउनु गद्दारी हो ।’ उनले लेखेका छन् ।
नेता पोखरलेले नेकपा एमालेका वरिष्ठ नेतालाई संकेत गर्दै यस्तो लेखेका हुन् ।
गत आइतबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई माधव नेपालसहित एमालेका २२ सांसदहरुले पार्टीको नियमविपरीत विश्वासको मत दिएका थिए ।