माधव नेपालले भने- मलाई एमाले छोड्न मन त छैन तर…-Sutra News

माधव नेपालले भने- मलाई एमाले छोड्न मन त छैन तर…

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

काठमाडौँ ।  नेकपा एमालेका नेता माधवकुमार नेपालले अपमान सहेर पार्टीमा बस्न नसकिने बताएका छन् । 



बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले अपमान सहेर बस्न पनि पार्टीमा बस्न नसकिने र आफूले बनाएको घर छाडेर हिँड्न पनि मुश्किल पर्ने बताएका छन् ।

‘आफैंले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको पनि हुन्न’, नेपालले भनेका छन्, ‘तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिने अवस्था छैन्, अब सहेर बसिन्न ।’ उनले भने ।

त्यस्तै उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि नराम्रो व्यवहार  गरीरहेको उल्लेख गरेका छन् ।

त्यस्तै उनले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट