इसीबीले भिसा अवैध भनेपछि बेलायत पुगेका सन्दीप नेपाल फर्किए-Sutra News

इसीबीले भिसा अवैध भनेपछि बेलायत पुगेका सन्दीप नेपाल फर्किए

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी)को आयोजनामा हुन् लागेको ‘द हन्ड्रेड’ (एक सय बलको) प्रतियोगिता भिसाको कारण गुमाएपछि सन्दीप बिहीबार स्वदेश फर्किएका छन् ।



उनी दिउँसो १२ बजे त्रिभुवन विमानस्थल आएका हुन् । केही दिन होम क्वारेन्टिनमा बस्नेछन् ।   

सन्दीपले इसीबीको निर्देशन पालना गर्दा पनि प्रतियोगिताबाट बाहिर हुनु परेको हो। उनको भिसालाई इसीबीले अवैध घोषणा गरेर नेपाल फर्किन आदेश दिएको थियो ।

सन्दीप गत असार २४ मा इंग्ल्यान्ड गएका थिए। तर, १० दिनको अनिवार्य क्वारेन्टिन पूरा हुन दुई दिन बाँकी रहँदा इसीबीले भिसा मान्य हुननसक्ने जानकारी दिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट