प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् ।
माधव पक्षका सांसद विरोध खतिवडाले बिहीबार संसदीय दलको कार्यालयमा पुगेर स्पष्टीकरणको जवाफ दिने जानकारी दिएका हुन् ।
पार्टीको नियमविपरीत अर्का दलका नेतालाई विश्वासको मत दिएपछि सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुलाई हिजो बुधबार स्पष्टीकरण पत्र पठाइएको थियो ।
स्पष्टीकरण माग गरिएको पत्रमा विश्वासको मतबारे केही उल्लेख छैन ।
यस्तो थियो स्पष्टीकरण पत्र
तर यसअघि भने माधव नेपाल पक्षका सांसदहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिन आवश्यक नभएको भन्दै जवाफ नदिने निर्णय गरेका थिए ।