नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा फर्काउनमा काँग्रेसको ठुलो भूमिका भएको बताएका छन् । उनले देश छोडेर हिँडेका राजालाई काँग्रेसले ल्याएको बताए ।
पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै एमाले अध्यक्ष ओलीले काँग्रेसमा अझै पनि राजतन्त्र मान्ने वा नमान्ने विषयमा विवाद रहेको दाबी गरे ।
कार्यक्रममा बोल्दै उनले भने, ‘नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रलाई हिजो–अस्तिसम्म आफ्नो आदर्श बनायो । आज पनि त्यहाँ राजतन्त्रबारे विवाद चलिरहेकै छ ।’
उनले नेपाली काँग्रेसकै कारण २०१७ साल आएको समेत बताएका छन् । काँग्रेसका कारण नेपालको लोकतन्त्र धरापमा परेको उनको तर्क छ
काँग्रेसले मित्र शक्तिहरूलाई एक्ल्याउन खोज्ने नीति पहिल्यैदेखि अबलम्बन गर्दै आइरहेको बताएअका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘मित्र शक्तिहरूलाई एक्ल्याउन खोज्ने, अनेकथरी षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति २००७ सालदेखिकै हो ।’