राष्ट्रियसभामा न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेश-Sutra News

राष्ट्रियसभामा न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

राष्ट्रियसभाको आजको बैठकमा “न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६÷७७” पेश भएको छ ।



 प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरेका हुन् ।

बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८” खारेजसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

 राष्ट्रियसभाको अर्को बैठक यही साउन ८ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट