चौतर्फी आलोचनापछि पार्टीको बैठक बालुवाटारमा नराख्ने निश्कर्षमा देउवा, अबदेखि बुढानिलकण्ठमै बस्ने-Sutra News

चौतर्फी आलोचनापछि पार्टीको बैठक बालुवाटारमा नराख्ने निश्कर्षमा देउवा, अबदेखि बुढानिलकण्ठमै बस्ने

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने भएका छन् ।



पार्टीको बैठक बालुवाटारमै राख्ने मानसिकताका रहेका देउवालाई पार्टीभित्रैका नेताहरुबाट दबाब आउन थालेपछि उनले बैठक आफ्नै निवास बुढानिलकण्ठमा गर्ने भएका हुन् ।

योभन्दा अगाडी उनले २ दिन आफ्नो सरकारी निवास बालुवाटारमा पदाधिकारीको बैठक राखेका थिए । बैठक राखेको भन्दै पार्टीका नेता गगन थापालगायतका नेताहरुले त्यसमा आपत्ति जनाएका थिए ।

अब शुक्रबार कांग्रेस पदाधिकारीको बैठक देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ ।

भोलीको पदाधिकारीको बैठकमा काँग्रेस महाधिवेशनको विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट