प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच भेटवार्ता, कोरोनाविरुद्धको थप खोप दिने जापानको प्रतिवद्धता-Sutra News

प्रधानमन्त्री देउवा र जापानी राजदूतबीच भेटवार्ता, कोरोनाविरुद्धको थप खोप दिने जापानको प्रतिवद्धता

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्दै बधाई दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई राजदूत युताकाले बधाई एवम् शुभकामना दिएका थिए ।



राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि हस्तान्तरण गरेका थिए । भेटमा प्रधानमन्त्री देउवाले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाउने बारेमा छलफल गरेकाे उनको निजी सचिवालयले जनाएको छ ।

कोरोनाविरुद्धको १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेकामा प्रधानमन्त्री देउवाले जापान सरकारलाई धन्यवाद पनि दिए ।

उक्त खोप केही दिनमै नेपाल आउने पनि जनाइएको छ । राजदूत युताकाले भने भविष्यमा थप खोप पनि नेपाललाई दिने प्रतिवद्धता जनाएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट