प्रकाश र सुनिता विपद् जोखिम न्यूनीकरण सद्भावना दूत-Sutra News

प्रकाश र सुनिता विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

काठमाडौं- गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् ।



राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।

बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् ।

विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा दुवै कलाकारले प्राधिकरणसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । उनीहरुले आफुले निर्वाह गर्ने भूमिकामा कुनै कसुर बाँकी नराख्ने बताए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट