टोकियो ‌ओलम्पिक २०२०: रिचार्लीसनको ह्याट्रिकमा ब्राजिलले जर्मनीलाई हरायो-Sutra News

टोकियो ‌ओलम्पिक २०२०: रिचार्लीसनको ह्याट्रिकमा ब्राजिलले जर्मनीलाई हरायो

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

काठमाडौं- टोकियो ‌ओलम्पिक २०२० अन्तर्गत पुरूष फुटबलमा ब्राजिलले जर्मनीलाई ४-२ गोलले पराजित गरेको छ ।



यु-२३ टिमबीच प्रतिस्पर्धा हुने ओलम्पिक फुटबलमा ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे ।

उनले खेलको ७, २२ र ३० मिनेटमा गोल गरेका थिए । यस्तै पाउलिन्होले दोस्रो हाफको इन्जुरी टिममा गोल गरे ।

जर्मनीका लगि अमिरीले ५७ र एचेले ८४ मिनेटमा गोल गरे ।

जितसँगै ब्राजिलले समूह ‘डी’ मा ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट