इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी ८ को मृत्यु-Sutra News

इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी ८ को मृत्यु

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

किटो- इक्वेडरको दुई जेलमा भएका दङ्गामा परी ८ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उक्त घटनामा अन्य २० जना घाइते भएका बताइएको छ । घाइतेहरुमा ३ प्रहरी अधिकारी रहेका जनाइएको छ ।



दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएका हिंसामा ८ कैदी मारिए र दुई प्रहरी अधिकारी घाइते भएका छन् ।

एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको उक्त झडपमा करिब २० मानिस घाइते भएको एसएनएआई जेलका व्यवस्थापन टोलीले पुष्टि गरेका छन् ।

इक्वेडरमा यसपहिले गत फेब्रुअरीमा पनि २ जेलमा हिंसात्मक दङ्गा भएका थिए । देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो ।

इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले यहाँ सधै समस्या हुने गरेको पाइन्छ ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट