काठमाडौं- शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने मामिलामा माधव नेपालसँग सामान्य विवाद भएपछि सांसद पदबाट राजीनामा दिएका भीम रावलले अन्ततः राजीनामा फिर्ता लिने भएका छन् ।
असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए ।
रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए । नेता नेपालले बिहीबार रावलनिवास टोखामै पुगेर राजीनामा फिर्ताका लागि विशेष आग्रह गरेका थिए ।
उक्त आग्रहपछि रावलले नेपाललाई यस विषयमा सोच्ने बताएका थिए । बिहीबार रावलले नेता नेपाललाई राजीनामा फिर्ता लिने जानकारी गराएको नेपालनिकट एक नेताले जानकारी दिए ।
पछिल्लो समय नेता रावलले पार्टी एकताका लागि तत्कालीन कार्यदलले गरेको १० बुँदे सहमति कार्यन्वयन हुनुपर्ने बताउँदै आएका छन् ।