१४ औँ महाधिवेशन: कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात-Sutra News

१४ औँ महाधिवेशन: कांग्रेसमा पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

काठमाडौं- मिति तय भैइकेको कांग्रेसको १४ औँ महाधिवेशनले दाङका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ । लामो समयसम्म नेविसंघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ ।



नेविसंघका कुलराज पोखरेल महेन्द्र बहुमुखी क्याम्पसको एकाइ सचिव हुन् । जिल्लामा हुने नेविसंघका हरेक कार्यक्रममा अग्रणी भूमिकामा रहँदै आएका उनको पनि पदीय हैसियत सात वर्षसम्म एउटै रह्यो-नेविसंघ क्याम्पस एकाइ सचिव ।

उनी भन्छन्, ‘नेवि संघकै उपल्लो तहमा रहेर राजनीति गर्ने सोच भए पनि सात वर्षसम्म मेरो योजना सफल भएन ।’ स्वाभाविकै रूपमा उनको ध्यान पनि अब पार्टीको महाधिवेशनतिर तानिएको छ । वडा तहको नेतृत्व वा क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा लाग्ने मनसाय उनले बनाएका छन् । तर उनी भन्छन्, ‘यो मेरो व्यक्तिगत सोंच हो, अग्रजको सल्लाहबमोजिम अगाडि बढ्ने छु, तर मेरा समकालीन साथीहरूले पार्टीको उपल्लो राजनीतिको तयारी गरिरहँदा म पनि त्यसप्रति इच्छुक हुनु स्वाभाविकै हो ।’

कुलराजले भने जस्तै प्रत्येक २/२ वर्षसम्म हुन नसकेको नेविसंघको अधिवेशन जिल्लामा सात वर्ष पुग्नै लाग्दा पनि हुन सकेन ।

नेविसंघका नेताहरूकाअनुसार नेविसंघको जिल्ला अधिवेशन नभएको आगामी असोजमा ७ बर्ष पुग्छ । यो अवधिमा एकाइ वा जिल्ला सदस्य बनेर नेविसंघको राजनीतिमा भित्रिएका युवाहरू त्यही पदमै सीमित बन्न पुगे । जिल्ला अधिवेशन नहुँदा नेविसंघको उपल्लो पदमा पुग्न चाहने युवाहरूलाई पार्टी राजनीतिका लागि सक्षम महसुस गराइदिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट