काठमाडौं- काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७:५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएअनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो ।
यसअघि गत असार २१ गते बिहान ६:३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको थियो ।
उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो ।
केन्द्रका अनुसार त्यो भूकम्प ३.२ म्याग्नेच्युडको थियो ।
केन्द्रकाअनुसार २०७२ को गोरखा भूकम्पपछि साना ठूला परकम्पनहरू गइरहेका छन् ।