काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको प्रतिनिधिसभा बैठकमा अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शुभकामना दिने कार्यसूची रहेको छ ।
त्यस्तै आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने भएका छन् ।
आजकै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने बताइएको छ ।
सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि प्रतिनिधिसभाको यो दोस्रो बैठक हो ।
यसअघि गत आइतबार बसिएको थियो । आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए ।
उनले १६५ जना सांसदको मत प्राप्त गरेका थिए ।