सुजिता मृत्यु प्रकरण- आफ्नै आफन्तले आत्महत्या गर्न लगाएको भन्दै परिवारद्वारा प्रहरीमा जाहेरी-Sutra News

सुजिता मृत्यु प्रकरण- आफ्नै आफन्तले आत्महत्या गर्न लगाएको भन्दै परिवारद्वारा प्रहरीमा जाहेरी

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

काठमाडौँ । चितवनकी सुजिता भण्डारीको मृत्युका विषयमा उनका परिवारले आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै जिल्ल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेका छन् ।



सुजिताकी आमा अम्बिका भण्डारीले आफ्नै आफन्त पर्ने एक युवकको नाम तोकेर प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको बताइएको छ ।

सुजिताको शव परिक्षण गर्दा उनको शरीरमा कुनै पनि चोटपटक नदेखिएको तथा उनको योनी परीक्षण गर्दा हाइमेन नच्यातिएको हुनाले प्रहरीले बलात्कार नभएको पुष्टि गरेको थियो ।

असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भिरको खोल्सोमा सुजिताको शव भेटिएको थियो।

उनी असार ११ गते घरबाट हराएकी थिइन् । त्यसको ९ दिनपछि आइतबार साँझ उनको शव नजिकैको जंगलमा भेटिएको थियो । शव भेटिएलगत्तै आक्रोशित स्थानीयले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट