काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका नेता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरुबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच शुक्रबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राप्रपाका अध्यक्ष कमल थापाले जानकारी दिए ।
नेता थापाले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने आफ्नो धारणा भएको बताएका छन् ।
‘नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बिच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो। विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ ।’ थापाले सामाजीक संजालमा लेखेका छन् ।