सत्ता गठबन्धनमा खटपट हुने देखिएपछि कार्यदल गठन – सदस्यमा कोको परे ?-Sutra News

सत्ता गठबन्धनमा खटपट हुने देखिएपछि कार्यदल गठन – सदस्यमा कोको परे ?

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

सरकार संचालन सहज होस् भनेर सत्ता गठबन्धनमा रहेका दलहरूले कार्यदल गठन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार संचालन गर्दा गठबन्धनमा खटपट आउने सम्भावना देखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देउवाबीच कार्यदल बनाउन सहमति भएको हो ।



अहिले कार्यदलको नेतृत्व कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन् । प्रत्येक दलबाट २/२ जना कार्यदलमा रहने सहमति भएको छ ।

कांग्रेसका तर्फबाट खड्कासँगै रमेश लेखक कार्यदलमा रहनेछन् भने माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन अनन्त र देव गुरुङ रहने सहमति भएको छ ।

त्यस्तै जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादवले कार्यदलमा प्रतिनिधित्व गर्नेछन् । दुवै जसपाका उपेन्द्र यादव समूहका नेताहरू हुन् । महन्थ ठाकुर र राजेन्द्र महतो समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपनि गठबन्धनका अन्य दलहरू उनीहरूलाई सामेल बनाउन तयार छैनन् ।

अहिले ६ सदस्यीय रहेको कार्यदलमा एमालेको माधवकुमार नेपाल समूह पनि सहभागी हुन सक्ने सम्भावना रहेको छ । एमाले विवाद समाधान नहुँदा नेपाल समूहलाई सरकारमा जान अप्ठेरो परिरहेको छ ।

सरकारमा नगए पनि कार्यदलमा बस्न प्रचण्ड र देउवाले नेता नेपाललाई अनुरोध गरिरहेका छन् । गठबन्धन सरकार भएका हुनाले नीति तथा कार्यक्रम, नियुक्ति जस्ता विषयलाई कार्यदलले टुंगो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट