जनयुद्ध लडेका विप्लव र राजतन्त्र पक्षधर कमल थापाबीच समान धारणा !-Sutra News

जनयुद्ध लडेका विप्लव र राजतन्त्र पक्षधर कमल थापाबीच समान धारणा !

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

गत फागुनमा भूमिगत राजनीतिबाट मूलधारको राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूले राजावादी पार्टी राप्रपाका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन् ।



शुक्रवार महासचिव विप्लवसहित केही नेताहरू थापानिवास बुढानीलकण्ठ पुगेर थापालाई भेटेका हुन् । विप्लवले केही दिनयता निरन्तर राजनीतिक पार्टीका प्रमुखहरूसँगको भेटघाटलाई प्राथमिकता दिएका छन् । यसक्रममा शुक्रवार उनले थापालाई भेटेका हुन् ।

भेटपछि राप्रपाका नेता राजाराम बर्तौलाले दुवै पार्टीबीच समान धारणा रहेको बताए । ‘अहिलेको राज्यव्यवस्था असफल भएकोमा हामी दुवै पार्टीको समान धारणा रह्यो,’ बर्तौलाले भने, ‘जनमत संग्रहमार्फत नयाँ व्यवस्थामा जानुपर्ने माग उहाँहरूको छ भने हाम्रो पनि त्यही धारणा हो ।’ उनले राष्ट्रियताका विषयमा पनि दुवै नेताहरूको कुरा मिल्ने दाबीसमेत गरे ।

जनयुद्ध लडेर आएका विप्लव र राजावादी थापाबीच समान धारणा भएको बाहिरिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपले हेरिएको छ ।

विप्लवले विगत केही दिनयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईलगायतलाई भेटिसकेका छन् ।

विप्लवनिकट स्रोतले भने भेटवार्ता सामान्य र नियमित रहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट