भारतीय पत्रिका ‘दैनिक भास्कर’माथि छापा, समाचार लेखेकै भरमा कारबाही गर्न लागेको पत्रकारको आरोप-Sutra News

भारतीय पत्रिका ‘दैनिक भास्कर’माथि छापा, समाचार लेखेकै भरमा कारबाही गर्न लागेको पत्रकारको आरोप

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रीकामा भारतको आयकर विभागले छापा मारेको छ ।



सरकारको नियमलाई उल्लङ्घन गर्दै संचालन गरेको कारण छापा मारिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कर छली प्रकरणमा भास्करको कार्यालयमा छापा मारिएको नवभारत टाइम्सले जनाइएको छ। 

कम्पनीमा छापा मार्नुका साथै कर्मचारीहरूको घरमा पनि छापा मारिएको छ भने कैयौँको मोबाइल फोन जफत गरिएको छ।

दैनिक भास्कर हिन्दी भाषामा प्रकाशित हुने दैनिक भास्कर पत्रिका भारतमा व्यापक रूपमा पढिने दैनिक पत्रिका पनि हो ।

आफूहरुले देशको बेथितिका बारेमा अरु संचार माध्यमहरुले भन्दा फरक खालको समाचार लेखेको भरमा कम्पनीमा छापा मारिएको संचालकहरुले बताएका छन् ।

दैनिक भास्करमा सरकारले छापा मारेको भन्दै भारतीय संसदमा विपक्षीहरुले बिरोध गरेका छन्। 

 विपक्षीहरुले पत्रकार र मिडियामाथिको हमला लोकतन्त्रमाथि कुल्चने कोशिस गरेको आरोप लगाएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट