प्रतिनिधिसभाको बैठक शुरु-Sutra News

प्रतिनिधिसभाको बैठक शुरु

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।



बैठक नयाँबानेश्वरस्थित संसद भावनामा शुरु भएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शुभकामना दिने कार्यसूची रहेको छ ।

त्यस्तै आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने भएका छन् ।

आजकै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने बताइएको छ ।

सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि प्रतिनिधिसभाको यो दोस्रो बैठक हो ।

यसअघि गत आइतबार बसिएको थियो । आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए ।

उनले १६५ जना सांसदको मत प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट