काठमाडौँ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले सर्वोच्च अदालतको निर्णयले धेरै प्रश्न उठाएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता नेम्बाङले यस्तो बताएका हुन् । उनले अदालतको फैसलामा आफूहरु सहमत नभएको पनि उल्लेख गरे ।
अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही समयअघि आफूहरु सरकारमा नजाने भनेको कुरा पनि उनले बैठकमा स्मरण गरे ।
‘देउवाले हामीलाई यसपटक जनताले जनादेश दिएका छैनन् त्यसकारण म सरकारमा जान्न भन्नुभएको थियो, अहिले बधाई दिनपर्यो ।’ उनले भने ।
त्यस्तै उनले देउवाले कहिले जनादेश प्राप्त गरे भन्दै प्रश्नसमेत उठाएका छन् ।