स्याङ्जामा सामाजिक सञ्जालमार्फत रकम जुटाएर एम्बुलेन्स सञ्चालन-Sutra News

स्याङ्जामा सामाजिक सञ्जालमार्फत रकम जुटाएर एम्बुलेन्स सञ्चालन

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट यहाँका एक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।



स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित आलमदेवी सामुदायिक परोपकार मञ्च तुलसीभञ्ज्याङ (आसा) ले सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट सुविधासम्पन्न एम्बुलेन्स बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

सवारी साधनको अभावकै कारण अकालमै कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हाल जापानमा बस्दै आउनुभएका स्थानीय खेम जिसीले अगाडि सारेको परिकल्पनालाई मूर्तरुप दिने गरी संस्थागतरुपमा अगाडि बढिएको आसाका कोषाध्यक्ष देवेन्द्रदेव खनालले बताए ।

 तुलसीभञ्ज्याङसहित आसपासका इच्छुक दाता तथा यहाँबाट रोजगारीका सिलसिलामा विदेशी भूमिमा रहेका नेपालीको स्वतःफूर्त सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको कोषाध्यक्ष खनालको भनाइ छ ।

 नेपाल सरकारद्वारा राजस्व छुटमा रु नौ लाख ५६ हजारको लागतमा महिन्द्रा कम्पनीको बोलेरो पिकअप एम्बुलेन्स खरिद गरी आवश्यक अक्सिजन सिलिण्डर जडान, सिट मर्मत, बीमासहित झण्डै तेह« लाखको खर्चमा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

“विशेष गरी तुलसीभञ्ज्याङका जिमूहालगायत ठाउँबाट आवश्यक मात्रामा सवारी साधन नपाइने समस्या रहेको छ”, कोषाध्यक्ष खनालले भन्नुभयो, “कोही बिरामी भएर अप्ठ्यारोमा परेका बेला स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि एम्बुलेन्स सेवाको शुरुआत गरेका हौँ ।” एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै गल्याङ नगरपालिकाका ११, ९, ३ तथा पाल्पाको रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका केही वडाका बिरामीलाई सहज भएको उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट एम्बुलेन्स खरिद गरिएसँगै अब यसको सञ्चालनका लागि आवश्यक कोष स्थापना गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट