आजै प्रतिनिधि सभा अधिवेशन अन्त्य हुन लागेको सूचना नेम्वाङले कसरी पाए ?-Sutra News

आजै प्रतिनिधि सभा अधिवेशन अन्त्य हुन लागेको सूचना नेम्वाङले कसरी पाए ?

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद अधिवेशन अन्त्य गर्ने सूचना आफूले पाएको दाबी गरेका छन् ।



आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता नेम्वाङले भने – ‘आजकाल त दिनदिनै अनेक हल्ला चल्छन्, त्यसको पछि म लाग्दिन । बाहिर चर्चा छ, यो प्रतिनिधि सभा आजै समापनमा जाँदैछ । अब प्रधानमन्त्रीले छिटै अध्यादेश ल्याउनुहुनेछ ।’

उनले संसद बैठकमा सहभागी हुन आउँदा आफूले यस्तो सुनेको दाबी गरे । तर नेता नेम्वाङले यसमा आफूलाई पटक्कै विश्वास नभएको बताए ।

‘२ दिनमै संसद बन्द गरेर जानुहुन्न होला भन्ने लाग्छ,’ उनले भने, ‘संसद निरन्तर चलाउनुपर्छ भनेर दाबी गर्नेहरूले त्यसो गर्नुहोला भन्ने मलाई पटक्कै विश्वास छैन ।’

प्रतिनिधि सभा अधिवेशन अन्त्य गरेर देउवाले अध्यादेश ल्याउन लागेको चर्चा बाहिर चलेको छ । एमालेको असन्तुष्ट समूहको नेतृत्व गरेका नेता माधवकुमार नेपाललाई पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याउन देउवा तयार रहेको समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट