नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएपछि आफूले आवेगमा आएर राजीनामा नदिएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन् – ‘स्वस्थ,मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ ।’
उनले सार्वभौम जनता,मतदाता,राजनीतिक नेता,कार्यकर्ता,जनप्रतिनिधि,बुध्दिजीवी,आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको दाबीसमेत गरेका छन् ।