नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । शुक्रवार प्रतिनिधि सभामा बोल्दै नेता सिंहले ओलीले सभापति शेरबहादुर देउवालाई अन्तिम प्रधानमन्त्री भनेको स्मरण गराएका हुन् ।
‘यसरी उभिरहँदा खेरि कुन चाहिँ प्रधानमन्त्रीले भनेको हो बिर्सें, भर्खरै निवर्तमान प्रधानमन्त्री हुनुपर्छ, शेरबहादुर देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो,’ सिंहले भने ।
उनले करीब दुईतिहाइ प्राप्त गरेको सरकारको प्रधानमन्त्री ओलीले आफ्नै दलभित्र व्यवस्थापन गर्न नसकेको, जनतालाई दिएको वाचा पूरा गर्न नसकेको, विधि मिचेर मेरो बहुमत छ भनेर हुंकार गरेर, आफैंले भविष्यवाणी गरेको कुरा आफैंले छोडेर हिँडेको समेत आरोप लगाए ।