sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

ओलीलाई प्रकाशमानको व्यंग्य - तपाईले नै भनेको होइन देउवा अन्तिम प्रधानमन्त्री भनेर

ओलीलाई प्रकाशमानको व्यंग्य - तपाईले नै भनेको होइन देउवा अन्तिम प्रधानमन्त्री भनेर

सूत्र न्यूज

८ श्रावण २०७८
  • 660
    SHARES
  • ओलीलाई प्रकाशमानको व्यंग्य - तपाईले नै भनेको होइन देउवा अन्तिम प्रधानमन्त्री भनेर

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । शुक्रवार प्रतिनिधि सभामा बोल्दै नेता सिंहले ओलीले सभापति शेरबहादुर देउवालाई अन्तिम प्रधानमन्त्री भनेको स्मरण गराएका हुन् ।

    images

    'यसरी उभिरहँदा खेरि कुन चाहिँ प्रधानमन्त्रीले भनेको हो बिर्सें, भर्खरै निवर्तमान प्रधानमन्त्री हुनुपर्छ, शेरबहादुर देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो,' सिंहले भने ।

    उनले करीब दुईतिहाइ प्राप्त गरेको सरकारको प्रधानमन्त्री ओलीले आफ्नै दलभित्र व्यवस्थापन गर्न नसकेको, जनतालाई दिएको वाचा पूरा गर्न नसकेको, विधि मिचेर मेरो बहुमत छ भनेर हुंकार गरेर, आफैंले भविष्यवाणी गरेको कुरा आफैंले छोडेर हिँडेको समेत आरोप लगाए ।

     


    प्रकाशित :श्रावण ८, २०७८ शुक्रवार - १४:२३:१८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.