काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुइतिहाई बहुमत प्राप्त गर्दा पनि सरकार चलाउन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ओली सरकारले जनताको वाचा पुरा गर्न नसकेको आरोप लगाए ।
निवार्तामान सरकारले कार्यपालिकाको नियमहरुलाई मिचेर अगाडी बढ्न खोज्दा अहिले त्यो सरकार बहिर्गमन भएको उनको तर्क छ ।
उनले कार्यपालिका राम्रोसँग चलाउन नसक्नेहरुले प्रधानमन्त्रीलाई परमादेशबाट बनेको भन्दै टिप्पणी गर्न नहुने बताए ।
‘कार्यपालिकाको नियम मिच्नेले अहिले देउवालाई परमादेशबाट प्रधानमन्त्री बनेको भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।
उनले नेपाली काँग्रेसले देशलाई निकास दिन सक्ने बताए ।