संसदमा हरिबोल गजुरेलको पहिलो सम्बोधन – के भने ?-Sutra News

संसदमा हरिबोल गजुरेलको पहिलो सम्बोधन – के भने ?

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले आज पहिलोपटक प्रतिनिधि सभामा सम्बोधन गरेका छन् ।



२०७४ सालको आमनिर्वाचनमा सिन्धुलीबाट बिजयी गजुरेल यो पुरानै प्रकारको संसद भएकाले अहिलेसम्म आफूले सम्बोधन नगरेको बताउने गर्थे ।

आज भने उनले फरक तर्क गरे । २/२ पटक विघटित संसदलाई दुवै पटक सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि संसद नयाँ रहेको पुष्टि भएको भएको उनले बताए ।

त्यसैले आफू अहिले संसदमा सम्बोधन गर्न आएको उनको दलील थियो । उनले अहिले बनेका प्रधानमन्त्री अदालतको परमादेशबाट नबनेको भन्दै सार्वभौमसत्ता सम्पन्न संसदबाट बनेको बताए ।

उनले जसरी हिजो गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय छबी बनाएका थिए, त्यस्तै छबी शेरबहादुर देउवाले बनाउनेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट