देउवालाई हरिबोल गजुरेलले भने- आफू हार्ने भएपनि चुनाव समयमै गराउनुहोला !-Sutra News

देउवालाई हरिबोल गजुरेलले भने- आफू हार्ने भएपनि चुनाव समयमै गराउनुहोला !

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गज्रुरेलले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कारणले गर्दा देश दुर्घटनातर्फ जान लागेको बताएका छन् ।



प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता गजुरेलले ओलीका कारण विपरीत दिशातर्फ गएको देशलाई पाँच राजनीतिक दलको प्रतिबद्धताले सकारात्मक दिशातर्फ जान लागेको भन्दै गठबन्धनका नेताहरुलाई धन्यवाद दिएका छन् ।

उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अदालतका कारण नभएर जनताकै कारणले प्रधानमन्त्री भएको बताए ।

उनले देउवा सरकारले आगामी चुनाव राम्रोसँग सम्पन्न गर्ने विश्वाससमेत व्यक्त गरे ।

स्व. गिरिजाप्रसाद कोइरालाको उदाहरण दिँदै उनले भने, ‘ पहिला गिरिजाप्रसाद कोइरालामाथि धेरै प्रश्न उठेका थिए, त्यतिबेला माओवादी र अन्य दलको संघर्षबाट देशको राजनीति परिवर्तन भयो । आफू हार्ने निश्चित हुँदाहुँदै कोइरालाले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाइ बोलाएर म हार्छु तपाईंहरु जित्नुहुन्छ भनेर निर्वाचन गराउनुभयो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट