काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
स्रोतका अनुसार ओली राष्ट्रपतिलाई भेट्न शुक्रबार बिहान साढे ११ बजे शितलनिवास गएका थिए ।
उनीहरुबीच झन्डै पौने घण्टा भएको भेटवार्तामा वर्तमान राजनीतिक विषयका बारेमा छलफल भएको बताइएको छ ।
सर्वोच्च अदालतले परमादेश जारी गरेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गरेपछि पदबाट बर्खास्त भएका ओली पहिलोपटक राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका हुन् ।