प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नियमअनुसार नै पार्टीका सांसदहरुलाई विश्वासको मत दिन आग्रह गरेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।
नियमविपरीत देउवाले ह्वीप जारी गरेको भन्दै संसद बैठकमा प्रश्न उठेपछि उनले यस्तो जवाफ दिएका हुन् ।
उनले काठमाडौँ उपत्यका बाहिर रहेका नेताहरुलाई अनिवार्य रुपमा बैठकमा सहभागी हुनुपर्ने निर्देशन दिएको तथा अन्य पार्टीका सांसदहरुलाई नियम अनुसार नै आफूलाई विश्वासको मत दिन लगाएको स्पष्ट पारे ।
‘मैले नियमअनुसार नै सांसदहरुलाई विश्वासको मत दिन आग्रह गरेको हो, विश्वासको मत देउ भन्न नि पाइँदैन र?’ उनले भने ।