चितवन घटनामा नयाँ मोड- प्रेमीले विवाह प्रस्ताव अस्वीकार गर्दा आत्महत्या गरेको खुलासा-Sutra News

चितवन घटनामा नयाँ मोड- प्रेमीले विवाह प्रस्ताव अस्वीकार गर्दा आत्महत्या गरेको खुलासा

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

गत असार २० गते चितवनको एक जंगलमा मृत अवस्थामा भेटिएकी सुजिता भण्डारीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा एक पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका-६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारी रहेका छन् ।

सुकदेव सुजिताका आफन्त हुन् ।

प्रहरीका अनुसार उनीहरुले काठमाडौँ गएर बस्ने योजना बनाएका थिए ।

गत असार ९ गते सुजिताले सचिनलाई विवाहको प्रस्ताव गरेकी थिइन् । प्रहरीका अनुसार उनले सचिनलाई विवाह नगरे आफू मर्ने कुरा बताएकी थिइन् ।

असार ११ गते बिहान साथीको घर जान हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । आइतबार साँझ राप्तीकै सामुदायिक वनमा सुजिताको शव भेटिएको थियो ।

अहिले सचिनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट